७ बैशाख २०८१, शुक्रबार

सर्वेन्द्रले भने- हर्षविभोर छु, सातवटा प्रधानमन्त्री भोगे तर ओलीजस्तो कोही भेटिँन


सर्वेन्द्र खनाल

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले विगतमा आफ्नो प्रहरी जीवनमा सात वटा प्रधानमन्त्री भोगेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो कोही पनि नभेटेको बताएका छन् ।

आज बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेपछि खनालले बोल्दै एमाले प्रवेश गरेपछि आफू हर्षविभोर भएको पनि बताएका छन् । उनलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् ।

उनले भने, ‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ । सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’

उनले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा ओली जस्तो प्रधानमन्त्री कोही नपाएको बताएका हुन् । उनले आफू इन्सपेक्टर हुँदैदेखि ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताए ।

खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए । उनले अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !