११ बैशाख २०८१, मंगलबार

कांग्रेसको संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची टुंग्याउने तयारी


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेदवार टुंग्याउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने तयारी रहेको छ । कांग्रेसले आठ जना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो ।

हिजो पनि बसेको कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । निर्वाचन आयोगले आज र भोलि समानुपातिक तर्फको बन्दसूची बुझाउनका लागि समय निर्धारण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !