७ मंसिर २०८१, शुक्रबार

न्यायाधीश पद मागेको छैन, आरोप पुष्टि भए पेसा छोड्न तयार छु : चण्डेश्वर श्रेष्ठ


चण्डेश्वर श्रेष्ठ फाइल फोटो

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश नियुक्तिमा आफ्नो चलखेल नभएको दावी गर्दै आरोप पुष्टि भएमा आफू पेसा छोड्न तयार रहेको पनि बताएका छन् ।

आज बिहीबार प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समिति बैठकमा बयान दिंदै श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाएको आरोप निराधार भएको दावी गरेका हुन् ।

श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग न्यायाधीश पद नमागेको जिकिर गर्दै जबराको उक्त दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न चुनौति समेत दिए । उनले बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको दावी गरे ।

उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् भन्ने कामना गरेका छन् । बयानका क्रममा जबराले न्यायाधीश नियु्क्तिमा श्रेष्ठको पनि चलखेल रहेको आरोप लगाउदै छलफलमा बोलाउन समितिसमक्ष आग्रह गरेका थिए ।

उनले जबराले आफूमाथि लगाएका आरोपमाथि छानविनको माग गरेका छन् । श्रेष्ठले आफूले न्यायाधीश नियुक्तिमा चलखेल गरेको पाइए कारवाही गर्न पनि सिफारिससमक्ष माग गरे । उनले न्यायापालिका सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !