८ मंसिर २०८१, शनिबार

चोलेन्द्रले नाम मुछेका ९७ वर्षीय भण्डारीसहित वकिलहरू समितिमा उपस्थित


महाभियोग सिफारिस समिति फाइल फोटो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोप लगाएर नाम मुछेका वकिलहरू बयानका लागि प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन् ।

आज बिहीबार दिउँसो ९७ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित वकिलहरू सिंहदरबारस्थित संसदीय समितिको कक्षमा पुगेका हुन् । उनीहरूलाई समितिले छलफलका लागि बोलाएको थियो ।

सिंहदरबारमा सुरू भएको बैठकमा उपस्थित भएर उनीहरूले चोलेन्द्रले लगाएको आरोपको खण्डन गर्दै आफ्नो बचाऊ गरेर जबराविरुद्ध बयान दिने बुझिएको छ । महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका वकिलहरूलाई विभिन्न आरोप लगाएका थिए ।

सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्य, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, पूर्वअध्यक्षद्वय शम्भु थापा र चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लिलामणि पौड्याल, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल समितिको बैठकमा उपस्थित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !