१२ आश्विन २०८१, शनिबार

चोलेन्द्रविरुद्धको महाअभियोग अहिले समय नपुगे नयाँ संसदले टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम


पूर्वन्यायाधीश फोरम नेपाल

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अहिले समय नपुगे नयाँ संसदले टुंग्याउनुपर्ने सुझाव दिएको छ ।

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालको संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् ।

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न चुनौती समेत दिएको छ ।

फोरमका अध्यक्ष सिंहले आफूहरुले निलम्बित प्रधानन्यायाधीश जबरासमक्ष कहिल्यै कुनै प्रकारको भागबण्डा वा कुनै प्रकारको स्वार्थ पूर्तिका लागि मागदाबी नगरेको जिकिर गर्दै जबराले महाभियोग सिफारिस समिति समक्ष बयानका क्रममा आफूहरुमाथि लगाइएको आरोप गलत र झुठा रहेको दाबी गरे ।

सिंहले कानुन बमोजिम दर्ता भई कार्यरत पूर्वन्यायाधीश फोरम र सो संस्थामा आवद्ध सबै पूर्वन्यायाधीशको मर्यादामा आघात पुग्ने गरी जबराले व्यक्त गरेको धारणाको निन्दासमेत गरे । उनले महाभियोगका सम्बन्धमा हतारमा निर्णय नगरी गहन र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न पनि संसदसमक्ष माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !