६ पुस २०८१, शनिबार

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबरालाई सोध्ने पूरक प्रश्नबारे निर्णय गर्ने


चोलेन्द्रशमशेर जबरा फाइल फोटो

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । महाअभियोग सिफारिस समितिको आज बिहान ९ बजे सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बस्न लागेको हो ।

आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोध्ने भनिएको पूरक प्रश्नकोबारेमा आवश्यक निर्णय लिने बताइएको छ । समितिको हिजो मंगलबारको बैठकमा जबरासँग बयान लिने क्रम सकिएको थियो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न सोध्न तयार गरेकोमा हिजो ३६ औं प्रश्नदेखि ४३ औं प्रश्नको जवाफ दिएका थिए । राणाले बयानका क्रममा आरोप लगाएका ब्यक्तिहरुको पनि बयान लिने समितिको योजना रहेको छ ।

यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । यसअघिका बैठकका निर्णयहरू गलत ढंगले सञ्चार माध्यममा गएको भन्दै एमालेले प्रत्यक्ष प्रसारण गर्न माग गरेको हो ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !