७ असार २०८१, शुक्रबार

चिनियाँ सभामुख ली र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


ली झान्सु र गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली झान्सु र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा चिनियाँ सभामुख ली र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको हो । भेटवार्ताअघि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लीलाई संघीय संसद भवन नयाँ बानेश्वरमा स्वागत गरेका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र चिनियाँ सभामुख ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

नयाँ वानेश्वस्थित संघीय संसद भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग झान्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो ।

आजै सभामुख लीले अन्य नेपाली शीर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन् । बिहान १० बजे प्रमुख एमालेका अध्यक्ष ओलीसँग र १०:४५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सभामुख झान्सुले संसद भवनमै भेट गर्ने कार्यक्रम रहेको छ । त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग कुरा गर्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । हिजै सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम छ ।

ली झान्सु र गणेशप्रसाद तिमिल्सिना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !