१३ पुस २०८१, शनिबार

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ नभए अदालत जान्छौं : प्रचण्ड


प्रचण्ड

पोखरा । पूर्वप्रधानमन्त्री समत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने भन्दै नभए अदालत जाने धम्की दिएका छन् ।

पोखरा विमानस्थलमा प्रेस सेन्टर कास्कीले आज शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरे उक्त विषय अदालत पुग्ने चेतावनी दिएका हुन् ।

प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको दावी गरेका हुन् । उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास भने व्यक्त गरे ।

तर केही दिनअघि आफूले राष्ट्रपति भण्डारीलाई भेट्दा यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा देखेको उनले सुनाए । उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए ।

प्रचण्डले वैवाहिक अंगिकृतलाई थाँती राखेर जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाऊन‍् भनेर विधेयक ल्याइएको स्पष्ट पार्दै वैवाहिक अंगिकृतलाई भारतमा जस्तै नेपालमा पनि समान प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !