१२ असार २०८१, बुधबार

झापा-५ बाट अध्यक्ष ओली सर्वसम्मत उम्मेदवार सिफारिस


केपी शर्मा ओली फाइल फोटो

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्वर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष ओलीलाई आगामी निर्वाचनको प्रतिनिधिसभा सदस्यमा झापाको क्षेत्र-५ बाट एकल नाम सिफारिस गरिएको छ ।

झापाको दमकस्थित नगर पार्टी कार्यालयमा क्षेत्रीय कमिटीको आज बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संघीय साँसदका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !