१३ बैशाख २०८१, बिहिबार

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा, अव राष्ट्रपतिकहाँ पठाइने


अग्नि सापकोटा

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई गराए ।

राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो । राष्ट्रियसभाको सन्देशको जानकारी प्राप्त भएसँगै सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पठाउने बाटो खुलेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !