७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक दिउँसो ३ बजे बस्ने


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको निर्णायक बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुसहित निर्णायक बैठक बस्ने भएको हो ।

गठबन्धनका दलका शीर्ष नेताहरु आगामी निर्वाचनमा सिट बाँडफाँटबारे टुंगो लगाउन निर्णायक छलफलमा जुट्ने भएका हुन् । गठबन्धनका दलका नेताहरु दुई दिनसम्म पार्टीभित्र आन्तरिक छलफल गरेर आसन्न निर्वाचनका लागि सिट बाँडफाँट तार्किक निष्कर्षमा पुर्याउन बैठकमा बस्ने भएका हुन् ।

यस्तै आज आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच सिट बाँडफाँटबारे समान धारणा बनाउनेबारे छलफल भएको बुझिएको छ ।

गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । बिहीबार बसेको बैठकमा दलहरुबीच सहमतिका विभिन्न खाकामा छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !