१२ असार २०८१, बुधबार

ओलीको आशंका : गठबन्धनको पोल खोलिने डरले जबराको बयान रोकिन सक्छ


केपी शर्मा ओली फाइल फोटो

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् ।

गृहजिल्ला झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज बिहीबार दिउँसो पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले जबराले गठबन्धनविरुद्ध बयान दिँदै गरेकोले पोल खोलिने डरले बयान रोकिन सक्ने आशंका व्यक्त गरेका हुन् ।

यस्तै अध्यक्ष ओलीले आसन्न निर्वाचनमा एमालेसँग राप्रपाको तालमेल हुनसक्ने संकेत गरे । ओली भोलि शुक्रबार जहापको आफ्नो निर्वाचन क्षेत्रको विभिन्न कार्यक्रममा व्यस्त भई शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !