१५ आश्विन २०८१, मंगलबार

पोखरेलको टिप्पणी : अदालत अदालत जस्तो भएन, सरकार सरकार जस्तो भएन


शंकर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अदालत अदालत जस्तो नभएको र सरकार सरकार जस्तो नभएको टिप्पणी गरेका छन् ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना पत्रकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अबको निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् ।

पोखरेलले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताएका छन् । उनले जनताको अदालतको माध्यमबाट देशलाई सहि बाटोमा डोर्‍याउनुपर्ने बताएका हुन् ।

जनतालाई समस्या परेको बेला ओलीले अभिभावकत्व प्रदान गरेको दावी गर्दै पोखरेलले जनअदालतबाट प्रतिगमनलाई ढाल्ने उनको दावी छ । चुनावको माध्यमबाट एमाले बलियो राष्ट्रिय शक्ति हुने उनले दावी गरे ।

उनले मुलुकका राजनीतिक परिवर्तनको आवश्यकता हुँदा मात्र राजनीतिक दलको सहकार्य अपरिहार्य हुने बताए । नेपालको पुरानो महत्वपूर्ण राजनीतिक दलको रुपमा रहेको नेपाली कांग्रेसले आज नीतिगत सामर्थ्य गुमाइसकेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु