१३ बैशाख २०८१, बिहिबार

एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै


नेकपा (एमाले)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज विहान ११ बजे बस्ने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकमा आसन्न निर्वाचनलक्षित छलफल हुनेछ । बैठकमा नजिकिँदै गरेकाे संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी रहेको छ ।

उक्त कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !