१३ पुस २०८१, शनिबार

एमालेको निर्णय : केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने


केपी ओली पोलिटब्युरो बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आसन्न निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । एमालेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको निर्णय सर्वसम्मत रुपमा पारित भएको हो । बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !