११ श्रावण २०८१, शुक्रबार

नक्सा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन


बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचना भत्काएको छ । अल्फाबिटाको अवैध संरचना डोजर लगाएर भत्काइएको हो । अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल ट्वीटरमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

उनले अल्फाबिटा कम्प्लेक्सका सञ्चालक द्विराज शर्मासंग नक्सा माग्दा उनैले आफूसंग उल्टो नक्सा मागेपछि काठमाडौँ महानगरपालिकाको कार्यालय गएर नक्सा र डोजर लिएर आइ उक्त कम्प्लेक्सको अवैध संरचना डोजर लगाएर भत्काएकोमा आफूले केही नबिराएको स्पष्ट पारेका हुन् ।

डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै फेसबुकमा पोष्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । काठमाडौं महानगरले अवैध संरचना भत्काउन थालेपछि मेयर साहको कदमलाई चौतर्फी समर्थन जुट्न सुरु भएको छ ।

अवैध रूपमा बनाइएका संरचना भत्काउने क्रममा आज बिहीबार दिउँसो मेयर साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन जुटेको छ ।

सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिएका छन् । कतिपयले बालेनको सक्रियतालाई भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरेका छन् । सामाजिक संजालमा उनलाई उक्त फिल्ममा नायक अनिल कपुरसंग पनि तुलना गरेका छन् ।

उनले अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने कामना गरेका छन् । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह समेत गरेका छन् । उनले नक्सा पास भएको अनुसार संरचना बनाइ दिन अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।’

यो पनि पढ्नुहोस्

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना डोजर लगाएर भत्काइयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !