१५ आश्विन २०८१, मंगलबार

गठबन्धनद्वारा १६५ क्षेत्रको विस्तृत प्रतिवेदन तयार गर्न कार्यदललाई निर्देशन


सत्ता गठबन्धनको बैठक

काठमाडौं । पाँच दलीय सत्तारूढ गठबन्धनले १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार गर्न सीट बाँडफाँट गर्न बनेको कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको संयुक्त बैठकले सो निर्देशन दिएको हो ।

बैठक सकेपछि संचारकर्मीसंग कुरा गर्दै कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएको जानकारी दिए । कार्यदलको बैठक पुनः ४ बजे बस्ने भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् । यद्यपि आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँटफाँटको विषयमा गठबन्धनका दलहरूबीच अझसम्म सहमति जुट्न सकेको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !