![बालकृष्ण खाण र प्रभुराम शर्मा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/08/Balkrishana-Khand-and-Prabhuram-Sharma1.jpg?fit=1167%2C524&ssl=1)
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले भेट गरेका छन् । सिंहदरवारस्थित गृह मन्त्रालय पुगेर प्रधानसेनापति शर्माले गृहमन्त्री खाणलाई भेटेका हुन् ।
गृह मन्त्रालयमा खाण र शर्माबीच भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको बताइएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको थियो ।