८ मंसिर २०८१, शनिबार

महाअभियोग सिफारिस समितिले जबरालाई सोधपुछका लागि भदौ १५ गते बोलायो


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरालाई बयानका लागि बोलाएको छ । आज बुधबार बसेको समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको हो ।

उक्त समितिको अर्को बैठक भदौ १५ गते बिहान ११ बजे बस्नेछ । समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख गरिएको छ ।

यस्तै भदौं ९ गतेदेखि भदौ १२ गतेसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ । त्यस्तै समितिको आन्तरिक कार्यविधि र कार्यतालिकासमेत संशोधनसहित पारित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !