८ असार २०८१, शनिबार

राष्ट्रपति भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानसेनापतिसँग छलफल गर्दैछिन् । राष्ट्रपति भण्डारीले आज बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई बोलाएको शीतल निवास स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारको लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएको छ । आफूले दिएको सुझाव नसमेटी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी हुन् ।

प्रतिनिधिसभाबाट गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको भोलिपल्टदेखि राष्ट्रपतिले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छन् । यसरी नागरिकता विधेयकको विषयलाई लिएर देउवा सरकार र राष्ट्रपति भण्डारीबीच शीतयुद्ध जस्तै नै चर्किएको छ ।

आफ्नो सुझावलाई लत्याएर सरकारले जस्ताको तस्तै प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि सरकार र राष्ट्रप्रमुखबीच टकराव सिर्जना भएको हो । राष्ट्रपति भण्डारीले जस्ताको त्यस्तै पारित भएर पुन: प्रमाणीकरणको लागि नागरिकता विधेयक गएमा आफ्नो अपमान भएको महसुस ठान्ने निश्चित छ ।

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: पारित भएसंगै देशको राजनीतिक अवस्था जटिल परिस्थितितिर कतै मोडिने त होइन भनेर राजनीतिक विश्लेषकहरुले चिन्ता र चासो प्रकट गरिरहेका छन् ।

प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान बालुवाटार पुगेका थिए । देउवा र ओलीको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्राय:जसो बालुवाटार नजाने ओली देउवालाई भेट्न आखिर किन गए ? भनेर राजनीतिक वृत्तमा चासो बढेको छ । सरकारसँग लगभग संवाद नगरी निर्वाचनमा होमिन लागेका ओली अचानक बालुवाटार पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !