४ मंसिर २०८१, मंगलबार

नेपालमा संघीयता सफल हुन सक्दैन : अध्यक्ष केसी


chitrabahadur karki

२६ वैशाख, कपिलबस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले राष्ट्रिय जनमोर्चा कपिलबस्तुको छैठौं जिल्ला सम्मेलनलाई मंगलबार तौलिहवामा संवोधन गर्दै आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका छन् ।

अध्यक्ष केसीले मुलुकको आर्थिक अवस्थालाई ध्यान नदिई लादिएको संघीयताले चरम आर्थिक संकट निम्त्याउने जिकिर समेत गरेका छन् । साथै वर्तमान संघीय व्यवस्थावाट जनताका आधारभूत समस्या समाधान हुन नसक्ने समेत बताए ।

अध्यक्ष केसीले भने, ‘यो व्यवस्थावाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन् । जनताका आधारभुत आवश्यकता परिपुर्तिका लागी देशमा अझै ठूलो क्रान्ति गर्नुपर्ने आवश्यकता छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !