११ मंसिर २०८१, मंगलबार

निर्वाचन आचारसंहिता परिमार्जनबारे आयोगमा छलफल जारी


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न पार्टीका प्रतिनिधि र आयोगका पदाधिकारीबीचको छलफल जारी रहेको छ । आयोगले विभिन्न पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएको हो ।

आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिसंग आज छलफल जारी राखेको हो । उनीहरूसंग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल जारी राखेको हो ।

दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान रहेको छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !