३ असार २०८१, सोमबार

निर्वाचन आयोगले सरकारसँग माग्यो लगभग ११ अर्ब बजेट


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आसन्न आम निर्वाचनको लागि सरकारसँग लगभग ११ अर्ब बजेट माग गरेको छ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग १० अर्ब ९८ करोड रुपैयाँ बजेट मागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब ९८ करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिए ।

पौडेलका अनुसार बजेटका लागि हिजो शनिबार नै अर्थ मन्त्रालयमा पत्र पठाइ सकिएको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !