२४ बैशाख २०८१, सोमबार

समाजवादी चिन्तक प्रदीप गिरिको निधनले अत्यन्त दुःखी बनाएको छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै अध्यक्ष नेपालले दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !