९ असार २०८२, सोमबार

चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मित्र समेत रहेका चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष ओलीले दिवंगत गिरिप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु