७ मंसिर २०८१, शुक्रबार

प्रदिप गिरीको निधनप्रति काँग्रेस संसदीय दलद्वारा दुःख व्यक्त


नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक शोक विज्ञप्ति प्रकाशित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उहाँले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सचेतक विश्वकर्माले स्वर्गीय गिरीको अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर राखिने जानकारी दिएका छन् ।

पार्टी संसदीय दलका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ०२ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा ललितपुरमा पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

शोक विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !