१० मंसिर २०८१, सोमबार

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो


स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिको स्वास्थ्य अवस्था थप जटिल भएकोले आईसीयूबाट आज भेन्टिलेटरमा सारिएको हो ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी सामान्य न्युमोनिया देखिएपछि मेडिसिटी अस्पताल भर्ना थिए । अस्पतालले सुरुमा उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताएको थियो ।

तरअहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको हो । पारिवारिक स्रोतका अनुसार हिजो बिहीबार नै गिरिको डायलासिस गरिएको थियो । कांग्रेस नेता बिमलेन्द्र निधिले सामाजिक संजाल ट्वीटमार्फत गिरिको स्वास्थ्य अवस्था थप जटिल बनेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र,समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !!!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !