४ असार २०८१, सोमबार

नागरिकता विधेयक पास भए नेपाल सिक्किम र फिजी बन्ने खतरा हुन्छ : सांसद सुवाल


प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक संसदबाट पारित भए इतिहासले देखाएको दृष्टान्तअनुसार अन्ततः नेपाल सिक्किम र फिजी बन्ने खतरा हुने बताएका छन् ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा आज भाग लिदै सांसद सुवालले नागरिकता विधेयक संसदबाट पारित भए सांसद र मन्त्रीसमेत नेपाली लेन्डुप दोर्जे बन्ने टिप्पणी गरेका पनि छन् ।

उनले कुनैपनि निहुँमा विदेशीलाई नेपाली नागरिकता दिनु राष्ट्रघाती हुने बताएका हुन् । उनले विधेयकमा नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको भन्दै उक्त कुरा मान्य नहुने भन्दै आपत्ति जनाए ।

नेपाली नागरिकले भारतीय महिलासँग विवाह गरेमा सात वर्ष र अमेरिका, बेलायतमा तीन वर्ष कुर्नुपर्ने प्रावधान भएकोले नेपालमा पनि समयसीमाको व्यवस्था हुनुपर्ने जोडदार माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !