काठमाडौँ । अहिले देखिने काम गरेर चर्चाको शिखरमा रहेका सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले १०० दिनमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।
आज बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत १३ बुँदामा आफूले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका हुन् । उनले आफूलाई मेयरमा निर्वाचित भएर १०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई आफूले उत्तर दिएको पनि बताएका छन् ।
उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको, त्यस्तै ४ ठाउँबाट खानेपानीको मूहान थपेको,व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँको,६ लाख विरुवा रोपेको,सरसफाइमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधार ल्याएको कुराहरु प्रगति विवरणमा उल्लेख छ ।
यस्ता छन् साम्पाङले १०० दिनमा गरेका कामको प्रगति विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबाट खानेपानीको मुहान थपे !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४. ६ लाख विरुवा रोपे !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !