१९ बैशाख २०८१, बुधबार

काँग्रेस सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य थप गरिएको छ । प्रधानमन्त्री समेत रहेका प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

थप गरिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

आज मंगलबार देउवाले उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले काङ्ग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !