२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संसद बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव  पेश गर्नेछन् ।

त्यस्तै काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !