२४ बैशाख २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित दैनिक कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहित ‘तथ्यांक विधेयक’, २०७८ माथिको दफावार छलफल सदनमा प्रस्तुत् गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यस्तै राष्ट्रिय सभाको सन्देश सहित ‘तथ्यांक विधेयक’, २०७८ माथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने दैनिक सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

दैनिक सम्भावित अर्को कार्यसूचीमा शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !