५ श्रावण २०८१, शनिबार

समाजवादी पार्टीको अध्यक्षमा डा. भट्टराई र यादव चयन


डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव

काठमाडौँ । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज ललितपुरमा बसेको पहिलो बैठकले एक सय ८९ केन्द्रीय कमिटी बनाउँदै भट्टराई र यादवलाई अध्यक्षमा चयन गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर डा. भट्टराईले नयाँ पार्टी खोल्नुभएको हो । यस्तै पार्टीको सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ, उपाध्यक्षमा हिसिला यमी, दुर्गा सोब र भक्तबहादुर शाह चयन भएका छन् । महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !