१२ आश्विन २०८१, शनिबार

आखिर प्रचण्ड किन एक्कासी निस्के जापान भ्रमणमा ?


प्रचण्ड जापानमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ दिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् ।

जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कार्यक्रम छ ।

अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।

उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनेछन् ।

जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !