८ बैशाख २०८१, शनिबार

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः जान्छ : प्रमुख आयुक्त थपलिया


निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सांसदहरूले उम्मेदवारी दिएपछि स्वतः उनीहरूको पद जाने स्पष्ट पारेका छन् ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्नेगरी मितिको घोषणा गरेपछि आज बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दिएपछि सांसद पद स्वतः जाने बताएका हुन् ।

थपलियाले उम्मेदवारी दिएपछि पद स्वतः सकिएको मानिनुपर्नेमा आयोगको धारणा स्पष्ट रहेको बताएका हुन् । यद्यपि उनले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको व्याख्या गर्ने कार्यक्षेत्र आयोगको नभएको पनि प्रष्ट पारेका छन् ।

उनले आयोगले आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका बताउदै दसैंलगत्तै उम्मेदवारी दिने कार्यतालिका घोषणा गर्ने योजनामा आयोग रहेको पनि जानकारी दिए ।

सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउन बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने उनले बताए । सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप हुनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !