१२ असार २०८१, बुधबार

संसदीय विशेष छानबिन समितिद्वारा प्रतिवेदन तयार, भोलि सभामुखलाई बुझाउँने


अर्थमन्त्री जनार्दन शर्मा छानबिन विशेष समिति

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । आज बिहीबार बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो ।

समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट तयार परिएको प्रतिवेदन भोलि सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाउँने भएको हो ।

उक्त छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिए । केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको हो ।

निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए । संसदीय छानविन विशेष समितिको बैठकमा आफैं उपस्थित भएर साउन ५ गते बिहीबार बयान दिंदै शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्नता नरहेको जिकिर गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएपछि सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !