२० बैशाख २०८१, बिहिबार

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बने ओशो सन्यासी


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ओशो सन्यासी बनेका छन् । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष राउतले बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्यासी बनेका हुन् ।

तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत परेका राउत ओशो सन्यासी बन्नुलाई चासोका साथ हेरिएको छ । राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिन ध्यान पूरा गरेपछि सन्यास धारण गरेका हुन् ।

जो कोही व्यक्ति एक हप्तासम्म ध्यानमा बसेपछि उनीहरु सन्यासका लागि योग्य ठहरिन्छन् । ध्यानमा बस्न सक्नेहरु, आफ्नो विचारलाई नियन्त्रणमा राख्न सक्ने, संसारिक सुख त्याग्न सक्ने र सही आचरणमा बस्न सक्ने मात्रै सन्यासी प्राप्त गर्न सक्छन् । राउतले गेरु वस्त्र लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

डा. सिके राउत डा. सिके राउत डा. सिके राउत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !