१८ बैशाख २०८१, मंगलबार

पुष्पलालको प्रेरणाले एमाले सबल भएको अध्यक्ष ओलीको भनाई


केपी शर्मा ओली sf7df8f}+, & ;fpg M g]skf -Pdfn]_ sf ;+:yfks ;lrj k’iifnfnsf] $$cf}F :d[lt lbj; ;df/f]xnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . t:jL/M rG›snf If]qL÷/f;;

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन् । ४४औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना भएको कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए ।

पुष्पलालले पुर्याएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले रहेको दाबी अध्यक्ष ओलीले गरे । कार्यक्रममा पुष्पलाल र अरू शहीदहरूले देखाएको बाटोबाट अलि कति पनि विचल्लित नभईकन ‘समृद्ध नेपाल, सुखी नेपाली’ र स्वतन्त्र नेपाल बनाएर छोड्ने सङ्कल्प उनले पुनः दोहोर्याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भने, “अग्रजलाई सम्मान गरिहँदा फराकिलो मनको साथ अगाडि बढ्नुपर्छ ।” उनले कार्यकर्तालाई पुष्पलालका काम, विचार, योगदनको प्रेरणा लिएर अघि बढ्नु आग्रह गरे ।

पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उहाँले पुर्याएको योगदानको स्मरण गरेका थिए । सोही अवसरमा अन्य विभिन्न पार्टीबाट करिब २० जना एमालेमा प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !