१४ बैशाख २०८१, शुक्रबार

बाबुरामलाई जसपावाट हटाइयो, अशोक राई बने संघीय परिषद् अध्यक्ष


अशोक राई र डा. बाबुराम भट्टराई

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पदमुक्त गरेको छ ।

अध्यक्ष यादव पक्षको वीरगञ्जमा आज बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर उक्त पदमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई मनोनित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार नै बैठकले भट्टराईसहित ९ जना नेतालाई कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो ।

बैठकले भटटराईका साथै केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्रराय यादव, हिसिला यमी, दुर्गा शेर्पा, प्रशान्त सिंह, गंगा श्रेष्ठ, रमेश यादव, दानबहादुर चौधरी र भक्तबहादुर शाहलाई कारबाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेको हो ।

पार्टीविरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनीहरुलाई यादव पक्षले कारवाही गरेको हो । वीरगञ्जमा हिजो र आज दुई दिनसम्म चलेको यादव पक्षको बैठकले गरेका निर्णयहरु भोलि शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !