१२ बैशाख २०८१, बुधबार

काठमाडौँका मेयर बालेनलाई एमाले अध्यक्ष ओलीले दिए तबला उपहार


केपी ओली र बालेन साह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई तबला उपहार दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मेयर साह हिजो बुधबार साँझ बालकोट पुगेका थिए। सोहीक्रममा मेयर शाहलाई अध्यक्ष ओलीले एउटा तबला उपहार दिएका हुन् ।

ओली र बालेनबीचको यो दोस्रो भेट हो । यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै समयमा बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् । बालेनले आफूसँग पराजित भएका उम्मेदवारहरू सिर्जना सिंह र केशव स्थापितलाई भेट गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु