काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थगित भएको केन्द्रीय समिति बैठक पुन: सुरु भएको छ । पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि माओवादीको केन्द्रीय समिति बैठक १ घण्टाका लागि स्थगित गरिएको थियो ।
१२५ सदस्यीय पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि बैठक स्थगित भएको थियो । बैठक एक घण्टाका लागि स्थगित गरेर शिर्ष नेताहरु छलफलमा जुटेका थिए ।
पोलिट्ब्युरो सदस्यको नामको मापदण्ड नपुगेको, केही नेताहरु छुटेको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि बैठक स्थगित गरिएको हो । तर के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरुले विरोध गरेका छन् ।
यद्यपि प्रचण्डले पढेका कतिपय नाम दोहोरिएका पनि थिए । अध्यक्ष प्रचण्डले पोलिट्ब्युरो सदस्यको नाम संसोधनसहित पुन: प्रस्ताव गर्ने भएका छन् । उनले आफ्नो खराव नियत नभएको समेत स्पष्टीकरण दिएका छन् ।