
काठमाडौं । अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन् । बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा प्रकणमा मुछिएपछि अर्थसचिव मरासिनी बिदामा बसेका हुन् ।
आजदेखि नै लागू हुने गरी उनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । बिदा लिनुअघि प्रधानमन्त्री, अर्थमन्त्री शर्मा र मुख्यसचिवलाई उनले जानकारी गराएको बताइएको छ ।
अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा संसद र सडकमा समेत तीब्र आलोचना भई रहेको छ । बजेट निर्माणमा नाम मुछिएपछि अर्थसचिव मरासिनी अप्ठ्यारोमा परेका छन् ।