काठमाडौँ । बामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । उनको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ ।
नेकपा (एमाले) का तत्कालिन पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आज मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।
गौतम संयोजक बनेको उक्त पार्टीमा ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । उनको उक्त पार्टीको सचिवमा डिबी कार्की रहेका छन् ।
पार्टीको ८ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । सचिवालय सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।