६ मंसिर २०८१, बिहीबार

प्रतिपक्षीको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक आज बस्दै


Karnali Pradeshsabha13

कर्णाली । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोधपछि स्थगित भएको कर्णाली प्रदेशसभा बैठक आज बस्दै छ । अवरोध जारी भएपछि सभामुख राजबहादुर शाहीले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारबाही रोकिएपछि सभामुख शाहीले एमालेका प्रदेशसभा सदस्यलाई बैठक सञ्चालनका लागि आग्रह गरेका थिए । कर्णाली प्रदेशसभाको अठारौँ बैठक एमालेले अवरोध गरेपछि हिजो प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरेका थिए ।

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गरेका थिए । हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !