७ मंसिर २०८१, शुक्रबार

रुँदै मन्त्रालयबाट बिदा भइन् रामकुमारी झाँक्री


रोइन् रामकुमारी झाक्री

काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री रुँदै बिदा भएकी छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आज आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् ।

मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रम कर्मचारीहरु बोल्दै गर्दा मन्त्री झाँक्री भावुक भएर गहभरि आँशु परेर टिस्यू पेपरले पुछिरहेकी थिइन् । आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् ।

आफू कम्जोर मान्छे भएको भन्दै आँशु पुच्छै झाँक्रीले एकदमै गाह्रो महसुस भएको अनुभूति प्रकट गरेकी छन् । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले मायाको चिनो प्रदान गरेका थिए ।

यस्तै पर्यटनमन्त्री प्रेम बहादुर आलेले पनि पत्रकार सम्मेलन आयोजना गरेर मन्त्रालय छाडेको जानकारी दिएका छन् । उनीहरूको ठाउँमा अब एकीकृत समाजवादीले नयाँ मन्त्रीलाई पठाउने छ ।

यो पनि पढ्नुहोस्

श्रममन्त्री किसान श्रेष्ठ तत्काल राजीनामा नदिने मोडमा

पर्यटनमन्त्री आलेसंगै शहरी विकास मन्त्री झाँक्रीले पनि सरकार छाड्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !