![राष्ट्रियसभाको बैठक](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/06/Rastriya-Sabha-Baithak23532-1.jpg?fit=1319%2C694&ssl=1)
काठमाडौँ । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ ।