७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर साहवीच दोस्रो पटक भेटवार्ता


प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर साहवीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहवीच दोस्रो पटक भेटवार्ता भएको छ । यसअघि जेठ १८ गते बुधबार प्रधानमन्त्री देउवा र मेयर साहवीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले काठमाडौँ महानगरका मेयर साहलाई आज बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । यसअघिको भेटवार्तामा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा साहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीपछि प्रधानमन्त्री देउवासँग बालेनको भेटवार्ता, के भयो कुराकानी ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !