१३ आश्विन २०८१, आइतबार

पूर्वशिक्षा मन्त्रीहरुले महाप्रबन्धक नियुक्त गर्न टन्न पैसा खाएर साझा प्रकाशन डुबाए : सांसद सुब्बा


विजय सुब्बा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विजय सुब्बाले विगतमा पूर्वशिक्षा मन्त्रीहरुले महाप्रबन्धक नियुक्त गर्न टन्न पैसा खाएर साझा प्रकाशन डुबाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुब्बाले हालका शिक्षा मन्त्रीले नभएर विगतका शिक्षा मन्त्रीहरुकै चरम भ्रष्टचार गरेकोले साझा प्रकाशन चुर्लुम्म डुवेको जिकिर गरेका हुन् । उनले विगतमा राजाहरु र पन्चेहरुलाई साझा प्रकाशन चाहिएको तर अहिलेको सरकारलाई साझा प्रकाशन नचाहिएको आरोप समेत लगाए ।

भाषा, साहित्य, संस्कृति र शिक्षाको विकासका लागि वि सं १९७० सालमा सरकारी स्तरबाट गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भएको थियो र वि सं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन २०१६ अन्तर्गत वि सं २०२१ सालमा साझा प्रकाशनको स्थापना भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !