३ मंसिर २०८१, सोमबार

प्रचण्ड र इजरायली राजदूतवीच भेटवार्ता


meeting

१८ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान इजरायली राजदूत बोनी ओमेरले भेट गर्दै नेपालका लागि नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न इजरायल तयार रहेको बताएका छन् । नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न तत्पर रहेको पनि उनले बताए ।

मंगलवार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’

सिकौं र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा पनि राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले पनि कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ प्रचण्डले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’
तस्वीर: प्रचण्डको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !