१९ असार २०८१, बुधबार

अध्यक्ष प्रचण्डले भने, ‘रगत अभाव हुन नदिन सक्दो पहल गर्छु’


प्रचण्ड

१७ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल स्वयम्सेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सोमबार काठमाण्डौमा उद्घाटन गर्दै मुलुकमा रगत अभाव हुन नदिन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले रक्त संकलन अभियानलाई व्यवस्थित बनाउन सबै स्थानीय तहसम्म पनि आवश्यक संरचना तयार पार्ने योजना अघि सारे । प्रचण्डले आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकारले पनि आवश्यक विमर्श गरिरहेको स्मरण गराए ।

अध्यक्ष दाहालले रगत संकलन अभियानलाई अघि बढाएकोमा रक्तदाता स्वयमसेवीहरुको पनि खुलेर प्रशंशा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !